खानेपानी मन्त्रालयमा आगलागीः डकुमेण्ट कुनै जलेको छैन, घटनाको अनुसन्धान हुँदैछः मन्त्री यादव

काठमाडौं । खानेपानी मन्त्रालयमा लागेको आगो नियन्त्रणमा लिइएको छ । शनिवार बिहान खानेपानीमन्त्री प्रदीप यादवको कार्यकक्षमा आगलागी भएको थियो । बिहान अकस्मात मन्त्रीको कार्यकक्षमा आगो लागेको र अहिले आगो नियन्त्रणमा लिइसकेको बताइएको छ । मन्त्रालयमा रहेका केही कागजातहरु जलेको प्रहरीले बताएको छ ।
आगलागीबारे सञ्चारकर्मीहरुसँग कुरा गर्दै खानेपानीमन्त्री प्रदीप यादवले विद्युत सर्ट भएकै कारण आगलागी भएको हुनसक्ने आशंका रहेको बताए । अहिले प्रहरीले अनुसन्धान जारी राखेको बताए । शुक्रवार नै विद्युतको तार पोलिएको गन्ध आएको र कार्यालय सहयोगीलाई भनेको जानकारी दिए ।
पानी तताउने मेसिन होला भनेर छोडेको भएपनि आज भने आगलागी भएको बताए । प्रहरी अनुसन्धानबाट वास्तविक रिपोर्ट आउने बताए । दुई वटा टेलिभिजन, एउटा कम्प्युटर, डेस्कटप, पानी तताउने मेसिन, टेबुल, सोफा, कुर्सीहरु, कार्पेट लगायतको क्षति भएको बताए । अति आवश्यक डकुमेण्टमा भने कुनै क्षति नभएको बताए ।
खानेपानी मन्त्रालयमा पुगेका उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले विद्युत सर्ट भएर आगो लागेको हुनसक्ने बताए । उनकाअनुसार अहिले आगो नियन्त्रणमा लिइसकिएको र विद्युत सर्ट भएको हो वा अन्य केही कारणले हो भन्नेबारेमा अनुसन्धान भइरहेको जानकारी दिए । शुक्रवारदेखि नै विद्युत सर्ट भएको गन्ध आएको र आज आगलागी भएको हनुसक्ने बताए । ठूलो क्षति हुनबाट जोगिएको बताए ।
मन्त्रालयको पूरा भवनमै विद्युत वायरिङको जाँच हुने बताए ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE