बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

संसदमा माओवादी र रास्वपाको बिरोध

  • 27
  •  
  •  
  •  
  •  
  •  
  •  
    27
    Shares

काठमाडौं । प्रतिनिधि सभाको बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) र प्रतिपक्ष दल राष्ट्रिय स्वतन्त्र पार्टीले बिरोध जनाएका छन् । सभाको आकस्मिक समयमा नाम टिपाएको भएपनि नाम बोलाउन बिर्सिएपछि नेपाली काँग्रेसका सांसद रामहरि खतिवडाले शुन्य समय सकिएपछि उठेर आफ्ना धारणा राखे ।

बैठकमा शुन्य समयको कारबाही सकिएपछि विशेष समयमा बोल्न राम नाम बोलाइसकेपछि सांसद खतिवडाले धारणा राखेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले उठेर बिरोध जनाए । लगत्तै नेकपा (माओवादी केन्द्र) का सांसदहरुले पनि उठेर बिरोध जनाए ।

शुन्य समय सकिएपछि विशेष समयमा बोल्न नेपाली काँग्रेसका सांसद रामकृष्ण यादवको नाम बोलाए । तर आकस्मिक समयमा नाम बोलाउन छुटेको भन्दै खतिवडालाई दुई मिनेटभित्र आफ्ना धारणा राख्न समय दिए ।

सांसद खतिवडाले नेपाल प्रहरीलाई दुरुपयोग गरेको समाचार सुन्नमा आएको भन्दै यसअघिका गृहमन्त्रीले एक नम्बरकोलाई बढुवा नगरी १५ नम्बरमा रहेका प्रहरी अधिकारीलाई बढुवा गरेको, प्रहरी महानिरीक्षकलाई समितिमा बोलाएर निर्दोष छ भन्नका लागि कानेखुशी गरेको बताए । ५२ दिन नपर्खिकन कसको पालामा सरुवा गरिएको थियो यसअघि प्रहरी अधिकारीहरु भन्दै जवाफ माग गरेका थिए । बहस गर्ने वकीलमाथि कुटपिट गरी सडकमा घिसार्ने काम कसको पालमा शुरु भएको हो भन्दै प्रश्न गरे ।

त्यसको बिरोधमा प्रतिपक्ष दल माओवादी र रास्वपा सांसदहरुले उठेर बिरोध जनाइरहेका छन् । उनीहरुले संसद नियमावलीअनुसार चल्न नसकेको भन्दै बिरोध गरिरहेका हुन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x