पार्टी फुटाउने आवश्यकता र सौख छैनः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दल सम्बन्धी ऐन बनाउन संसदमा विधेयक ल्याउने बताएका छन् । बुधवार नेपाल निजामती कर्मचारी संगठनको १२ औ महाधिवेशन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका छन् ।
उनले राजनीतिक दल सम्बन्धी कानूनको अभाव रहेको भन्दै अभाव परिपूर्ति गर्न विधेयक ल्याउन लागेको बताए । उनले कुनैपनि पार्टी फुटाउने उद्देश्यअनुसार विधेयक नल्याइने पनि स्पष्ट पारे । उनले दुई तिहाईको सरकार भएको समयमा साना मसिना पार्टी फुटाउनुको तुक नरहेको बताए । पार्टी फुटाउने आवश्यकता र सौख आफलाई नरहेको जिकिर गरे ।
प्रधानमन्त्री ओलीले विगतमा ४० प्रतिशत पार्टीको वा संसदको ४० प्रतिशत पुर्यायो भने पार्टी अलग हुन अध्यादेश आफूले ल्याउँदा पार्टी फुटाउन खोज्यो भनेर कराउनेहरु नेकपा एमाले फुटाउन २० वा २० भए हुन्छ भनेर अध्यादेश ल्याउन तयार भएको बताए । राजनीतिक दलसम्बन्धी ऐन बनाउन अध्यादेश नभइ विधेयक संसदमा ल्याउने र विधेयक पास गरेर ऐन स्थापित गर्ने बताए ।
प्रधानमन्त्री ओलीले भने, ‘जथाभावी अध्यादेश ल्याएर, मैले ४० प्रतिशत पार्टीको वा संसदको ४० प्रतिशत पुयायो भने पार्टी अलग हुन पाउँछ भनेर फुटेको मानिने छैन । अलग हुन पाउँछ भन्नेछ । नयाँ पार्टी खोल्न पाउँछ भन्ने अध्यादेश ल्याउँदा ल पार्टी फुटाउन खोज्यो भनेर कराउनेहरु नाम पनि म लिइरहन्न । तपाईंहरु चिनिहाल्नुहुन्छ । तिनीहरु त पछि हाम्रो पार्टी फुटाउन २५ प्रतिशत भए फुटाउन हुन्छ भनेर २० वा २० भए हुन्छ भनेर अध्यादेश २० वा २० भनेर अध्यादेश ल्याएर नेकपा एमाले फुटाउने तत्वहरु होइनन् । तिनीहरु अहिले फेरि ४० वा ४० ल्याउँदैछ रे पार्टी फुटाउँदैछ रे भने । हामीलाई पार्टी फुटाउने कुनै सौख छैन तर कानून त चाहियो नि । कानूनको अभाव छ अहिले । अब संसदमा हामी विधेयक ल्याउँछौँ । विधेयक ल्याउँछौँ । संसदबाट विधेयक, अध्यादेशबाट होइन । त्यसैकारण हामीले अध्यादेश नल्याएको । अध्यादेश चाहिँदैन । संसदमा विधेयक ल्याउँछौँ, विधेयक पास गरेर ऐन बनाउँछौँ । ऐन स्थापित गर्दछौँ । हामीलाई कसैको पार्टी फुटाउन आवश्यक नै छैन । हामीसँग झन्डै दुई तिहाईको सरकार छ । किन फुटाउने पार्टी बेकार । फेरि फुटाउने पनि कत्रा कुनै चट्टान फोर्ने हो र यत्रायत्रा गिटी ढुंगा फुटाएर को बस्छ । त्यो आवश्यकता पनि छैन, सौख पनि छैन ।’
प्रधानमन्त्री ओलीले नेकपा एमाले र नेपाली काँग्रेस मिलेर बनेको संयुक्त सरकार बलियो सरकार भएको दाबी गर्दै देशका लागि काम गर्न अग्रसर रहेको बताए । विदेशीको दाम लिएर नेपालमा अराजकता मच्चाउन खोज्ने, सामाजिक शान्ति सुव्यवस्था, बिगार्ने, देशको लोकतान्त्रिक प्रणालीलाई ध्वस्त पारेर अराजकता मच्चाउन खोजे भने आन्दोलनमा उत्रिनुपर्ने हुनसक्ने बताए ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE