बागमती टेलिभिजनले रियालिटी शो ‘टयालेन्ट अफ नेपाल’ ल्याउने

काठमाडौं । बागमती टेलिभिजन एचडीले रियालिटी शो ‘टयालेन्ट अफ नेपाल’ प्रसारणमा ल्याउने भएको छ । टेलिभिजनले एच.एस. साइना क्रियशन प्रा.लि.सँगको सहकार्यमा उक्त रियालिटी शो प्रसारणमा ल्याउने भएको हो ।
शुक्रबार टेलिभिजनको तर्फबाट प्रसारण प्रबन्धक तुलसी बाँस्कोटा र क्रियशनको तर्फबाट कार्यकारी निर्देशक हरि शर्माबीच कार्यक्रम निर्माण र प्रसारणको सम्झौता भएको छ । कार्यक्रमको निर्देशन समन अधिकारीले गर्ने भएका छन् । निर्देशक अधिकारीले यस कार्यक्रममार्फत सबै विधाका प्रतिभाहरुलाई दर्शकमाझ ल्याउने बताए । आजैबाट डिजिटल अडिसन खुलेको जानकारी गराउँदै निर्देशक अधिकारीले रियालिटी शोहरुका बीचमा यो कार्यक्रमको छुट्टै पहिचान स्थापित गर्ने गरी आफूहरु लागि परेको बताए ।
कार्यक्रमको निर्माण कम्पनी एच.एस. साइना क्रियशनका कार्यकारी निर्देशक हरि शर्माले धेरै लामो अध्यया, अनुसन्धान र तयारीपछि यो रियालिटी शोे निर्माण गर्न लागेको जानकारी दिए । आफूमा भएको जुनसुकै प्रतिभा भए पनि यो कार्यक्रम मार्फत देखाउन सकिने शर्माको भनाइ रहेको छ ।
बागमती टेलिभिजनका प्रसारण प्रबन्धक तुलसी बाँस्कोटाले कार्यक्रम ३२ भागको हुने जानकारी दिए । चाँडै पत्रकार सम्मेलनको आयोजना गरेर कार्यक्रम प्रसारणको मिति घोषणा गरिने जानकारी गराउँदै उनले कार्यक्रमको लागि शुक्रबार र शनिबार राति ९ बजेदेखि १० बजेसम्म समय छुट्याईको बताए । सम्झौताका बखत टेलिभिजनका प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपाने तथा कार्यक्रम निर्देशक अधिकारीको समेत उपस्थिति रहेको थियो ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE