बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

काँग्रेसले ०८४ मा बहुमत ल्याउँछ, एमाले दुर्घटनामा पर्छः झलनाथ खनाल

  • 2
  •  
  •  
  •  
  •  
  •  
  •  
    2
    Shares

काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनालले ०८४ मा बहुमत ल्याउनेगरी काँग्रेसले तयारी गरिरहेको बताएका छन् । शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले ०८४ आउँदै गरेको भन्दै काँग्रेसले ०८४ को निर्वाचनका लागि राम्रो तयारी गरिरहेको बताए । उनले काँग्रेस यही ढाँचाबाट अघि बढे बहुमत ल्याउने सम्भावना रहेको बताए । उनले यही अवस्थाले एमाले एक्लै बहुमत ल्याउँछु भनेर हिँडे एमाले दुर्घटनामा पर्ने टिप्पणी गरे ।

उनले देशको निम्ति हित गरेर अघि बढ्ने हो भने नेपालका वामपन्थीहरुले पुनरावलोकन गर्नु आवश्यक रहेको बताए । देशका सबै वामपन्थी एक हुनुपर्ने बताए ।

पूर्वप्रधानमन्त्री खनालले भने, ‘अब ०८४ आउँदैछ । ०८४ को लागि काँग्रेसले राम्रो तयारी गरेको देख्छु मैले । राम्रो तयारीमा छ । ०८४ मा काँग्रेसले यही नै ढाँचाबाट गयो भने बहुमत ल्याउने सम्भावना देख्छु । वामपन्थीले कल्पना नगरे पनि हुन्छ । म एक्लै बहुमत ल्याउँछु भनेर अहिले एमाले हिँड्दैछ । एमालेको एउटा खुट्टा हो की दुई वटा खुट्टा भाँचिने हो भन्नसक्ने अवस्था छैन । त्यो दुर्घटनामा पर्छ । यदी अहिले पनि बुद्धि छ भने देशको निम्ति हित गरेर अघि बढ्ने हो भने नेपालका वामपन्थीहरुले पुनरावलोकन गर्नु, गलत कुरा सच्याउनु, साझा कुरा खोज्नुपर्छ । ’

पूर्वप्रधानमन्त्री खनालले रेमिट्यान्सबाट देश चलेको छ भनेर घमण्ड गर्नेकुरा भ्यागुते घमण्ड भएको बताए । उनले नेकपा (माओवादी केन्द्र) ले दक्षिणपन्थी बाटो अंगालेको बताए । नेकपा (एकीकृत समाजवादी) ले पनि सोहीबाटो बिराएको बताउनु भयो । काँग्रेसको पुच्छर भएर माओवादी र एकीकृत समाजवादी हिँडेको बताए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x