३० आश्विन २०८३, शुक्रबार

सुनको मूल्य तोलामा १२ सय रुपैयाँ बढ्यो

0
Shares


काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य तोलामा १ हजार २०० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज छापावाल सुनको मूल्य तोलामा १ लाख ६८ हजार ७०० रुपैयाँ कायम भएको जनाएको छ ।

यसअघि आइतबार सुनको मूल्य तोलामा १ लाख ६७ हजार ५०० रुपैयाँ थियो। आज चाँदीको मूल्य पनि बढेको छ । आइतबार तोलामा १ हजार ९५५ रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार बढेर तोलामा १ हजार ९७० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।