बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

नेपालमै अवसर छ भनेर हिसावले युवा पुस्ता अगाडि बढ्नुपर्छः उपप्रधानमन्त्री सिंह

  • 10
  •  
  •  
  •  
  •  
  •  
  •  
    10
    Shares

काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपालमै अवसर छ भन्ने हिसावले युवा पुस्ताहरु अघि बढ्न जरुरी रहेको बताएका छन् ।सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले अहिले नेपालमा केही पनि छैन भन्ने नकारात्मक भाष्यका कारण युवाहरु विदेश पलायन भइरहेको बताए ।

उनले नेपालमा शिक्षा, स्वास्थ्य र अवसर सिर्जना गर्न सरकारले काम गरिरहेकाले युवाले साथ दिनुपर्ने बताए । उनले अवसरसँगै नेपालमा स्वतन्त्रता पनि रहेको बताए । उनले कुनैपनि शिक्षा ग्रहण गर्न र रोजगारी गर्नका लागि नेपालमा स्वतन्त्रता रहेको महशुस गरेर देश विकासमा लाग्न आग्रह गरे ।

उपप्रधानमन्त्री सिंहले भने, ‘धेरै कुरा गर्नु भन्दा पनि खास गरेर अहिलेको जेनेरेसनमा कस्तो छ भने ट्रेण्ड यो नेपालमा बसेर के हुन्छ ? भन्नेकुरा छ । यो नेगेटिभ म्यासेजको कुराले भइरहेको हो । हामी पढ्दा र अहिले अपच्र्युनिटीज छ । फ्रिडम छ । अघि बढ्न एजुकेशन, अर्ट एण्ड कल्चर, बिजनेस गर्न अवसर छ । यसमा तपाईंहरु ध्यान दिएर नेपालमै गुणस्तरीय शिक्षा पाइन्छ र नेपालमै वातावरण बन्छ भन्ने हिसावले लाग्नुस् ।’

उपप्रधानमन्त्री सिंहले कुनैपनि देशहरु हजारौँ वर्षको मेहनत र परिश्रमबाट नै विकासित हुने बताए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x