काठमाडौं । नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियूको आज भनिएको कमिटी घोषणा कार्यक्रम स्थगित भएको छ । हालै पार्टीले जारी गरेको अपानीमा अनेरास्ववियू र युवासँग नेपालका अध्यक्षहरुलाई पार्टीको अपानीबाट हटाइएको थियो ।
विद्यार्थी र युवाको माग चाहिँ विद्यार्थी र अखिलको सम्मेलनको मिति तोकेर सम्मेलनबाट मात्र बिदा हुने थियो । वा त्यसो हुन नसके पूर्ण कमिटीको मिटिङ बसी मात्र नयाँ कार्यसमितिलाई हस्तान्तरण गर्ने माग रहेको थियो । तर पार्टीले निर्ममतापूर्वक पार्टी अपानीबाटै ठाडो रूपमा हटाएको कारण उनीहरु रुष्ट हुँदै विद्रोहको अवस्थासम्म पुगेका थिए। त्यसैको रूप अन्तर्गत आज अनेरास्ववियूले कमिटि घोषणा गर्ने दिन थियो । तर सम्मानित नेता झलनाथ खनाल सँगको छलफल र सल्लाहमा उनीहरुले हाललाई त्यो घोषणा गर्ने काम स्थगित गरेका छन् ।
ए वान पार्टी प्यालेस बानेश्वरमा भएको कार्यकर्ताबीचको अनौपचारिक छलफलमा खनाल निकट अनेरास्ववियूका १५० हाराहारीमा कार्यकर्ता जम्मा भएका थिए ।
खनालसँगको अनौपचारिक भेटघाट कार्यक्रममा खनालले भनेः भोलिबाट पार्टीको पोलिट ब्युरो स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठक बसिरहेको छ । यो तपाईँहरूलाई पार्टीले गरेको अन्यायको विरुद्ध म पार्टीको सबै कमिटीमा सतिसाल झैँ तपाईंहरूको पक्षमा उभिनेछु । पार्टी कमिटीमा सशक्त रूपले तपाईंहरूको भावना अनुरुप र तपाईँ हरूलाई भएको अन्यायको विरुद्धमा म लड्नेछु ।
यदि भोलिदेखि हुने पार्टीको कमिटीको मिटिङमा तपाईँहरू माथि भएको अन्यायको बारेमा पार्टीले कुनै ठोस डिसिजन गरेन भने त्यसपछाडि मात्र बृहत् कार्यकर्ता भेला गरी नयाँ परिस्थितिका साथ कमिटी घोषणा गर्नुहोस् भनेपछि सबै अखिलका विद्यार्थी माझ सहमति भएपछि आजको कमिटी घोषणा कार्यक्रम स्थगित भएको हो । खनालले भनेका छन् ।
पार्टीको पोलिट ब्युरो स्थायी कमिटी र केन्द्रीय कमिटीमा तपाईंहरू माथि भएको अन्यायको सशक्त ढङ्गले म विरोध गर्नेछु। कुरा उठाउनेछु । यदि त्यो पनि पार्टीले सच्याउन तयार भएन भने र पार्टीले कुनै वास्ता गरेन भने १० गते पछाडि बृहत भेला मार्फत अनेरास्वबियूले गर्ने सबै खालका विद्रोहका निर्णय गर्नुहोला । उनले भने ।
उक्त कार्यक्रममा १५० को हाराहारीमा काठमाडौँमा रहेका अनेरास्ववियूका कार्यकर्ताको उपस्थिति थियो । उक्त अनौपचारिक कार्यक्रमको प्रमुख अतिथि झलनाथ खनाल थिए भने अध्यक्षता आरती लामाले गरेकी थिइन् । उक्त अन्तरक्रिया कार्यक्रममा खनाल निकट केन्द्रीय सदस्यहरू र पोलिट ब्युरोका सदस्यहरूको उपस्थिति थियो ।
हालै मात्र विद्यार्थी इन्चार्ज रामकुमारी झाँक्रीले एकलौटी ढंगले माधव नेपाल निकट विद्यार्थी नेताहरूलाई मात्र पार्टीको अध्यक्ष, उपाध्यक्ष र महासचिव मा घोषणा गरेकी फोटो थिईन । एकलौटी अनरासविको घोषणाको विरोध गर्दै खनाल निकट अनेरास्ववियूले विरोध गर्दै आएको थियो । उनीहरूको भनाइ थियो । दुई समूह बीच छलफलबाट मात्र अध्यक्ष र महासचिव तोकियोस् । तर त्यसो भएन एकलौटी ढंगले अध्यक्ष र महासचिव तोकियो त्यसैकारण खनाल निकट अनेरास्ववियूले आज अनौपचारिक भेला गरेको थियो ।
