०८४ पछि एमालेले एक्लै सरकार बनाउने योगेश भट्टराईको दाबी
काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले २०८४ पछि एमालेले एक्लै बहुमतको सरकार बनाउने दाबी गरेका छन् । आज बिहान सूर्खेतको वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा उनले संसदमा पक्ष र विपक्षी बलियो हुनुपर्ने बताउदै ०८४ पछि एमालेले एक्लै बहुमत ल्याएर सरकार बनाउने दाबी गरे ।
अहिलेको समीकरण ०८४ सम्म अगाडि बढाउने उनको भनाइ छ । सचिव भट्टराइले त्यसपछि दुवै दल आ–आफ्नै तरिकाले चुनाव लड्ने बताए । अब बिस्तारै नेपालमा निर्वाचनका लागि राजनीतिक समीकरण गर्ने गलत परम्परा अन्त्य हुनुपर्नेमा उनको जोड थियो ।
सरकारले २९ वटा कानुनलाई सच्याउने गरी ६ वटा अध्यादेश ल्याइएको भन्दै उनले त्यसमा कुनै शङ्का गर्नुपर्ने ठाउँ नरहेको जिकिर गरे । उनले अध्यादेश जसरी पनि पास हुने दाबी गरे । भूमि सम्बन्धी अध्यादेशको विषयमा उपेन्द्र यादवसँग कुरा भइरहेको र यो विधेयक पनि पास हुने उनको भनाइ छ ।
यस्तै, सामाजिक सञ्जाल नियमन गर्न पहिलादेखिकै सरकार लागि रहेको उल्लेख गर्दै नेता भट्टराईले निषेध हैन नियमन गर्न लागेको दाबी गरे ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE