परराष्ट्रमन्त्री आरजु देउवा आज जेनेभा जाँदै

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा संयुक्त राष्ट्रसंघ मानवअधिकार परिषद्को ५८औं अधिवेशनको उच्चस्तरीय बैठकमा सहभागी हुन शनिबार जेनेभा जाँदैछिन्। उक्त बैठक फेब्रुअरी २४ देखि २६ सम्म सञ्चालन हुनेछ, जसअन्तर्गत मन्त्री देउवाले फेब्रुअरी २४ मा उच्चस्तरीय बैठकलाई सम्बोधन गर्ने बताइएको छ ।
त्यहाँ उनले विभिन्न मुलुकका परराष्ट्रमन्त्रीहरूसँग साइडलाइन बैठक तथा संयुक्त राष्ट्रसंघका निकायहरू, अन्तर्राष्ट्रिय संस्थाहरू र अन्य उच्च पदस्थसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ। नेपालको सन् २०२७(२०२९ कार्यकालका लागि मानवअधिकार परिषद्मा उम्मेदवारीलाई समर्थन जुटाउने उद्देश्यले मन्त्री देउवाले संयुक्त राष्ट्रसंघका सदस्य राष्ट्रहरूसँग छलफल गर्नेछिन्।
उनको नेतृत्वमा परराष्ट्र मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, र संयुक्त राष्ट्रसंघका लागि नेपाल स्थायी मिसनका वरिष्ठ अधिकारीहरू जेनेभा जानेछन्। परराष्ट्रमन्त्री देउवा फेब्रुअरी २८ मा नेपाल फर्कने कार्यक्रम छ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE