बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

फेसबुकमा आफूविरुद्ध लेख्ने हाइड्र्रोका सीईओ गुरुङलाई हटाउन मन्त्री खड्काको कुलमानलाई दबाब (पत्रसहित)

  • 40
  •  
  •  
  •  
  •  
  •  
  •  
    40
    Shares

काठमाडौं । उर्जा, जलश्रोत तथा सिंचाइ मन्त्री दीपक खड्काले दुधकोशी जलविद्युत आयोजनाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) बिमल गुरुङलाई जिम्मेवारीबाट हटाउन नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई गोप्य निर्देशन दिएका छन् । मन्त्री खड्काको निर्देशनमा मन्त्रालयका सचिव सुरेस आचार्यले निर्णय गरेको दाबी गर्दै शाखा अधिकृत यज्ञप्रसाद सुवेदीले लेखेको गोप्य पत्रमा उक्त कुरा उल्लेख गरिएको छ ।

बागमती टेलिभिजन डटकममलाई प्राप्त ‘जिम्मेवारीबाट हटाउने बारे’ विषय उल्लेख गरी लेखिएको गोप्य पत्रमा विद्युत प्राधिकरणद्वारा सञ्चालित दुधकोशी जलविद्युत आयोजनाको प्रमुख कार्यकारी अधिकृत विमल गुरुङले मन्त्रालय र मन्त्रीको बारेमा सामाजिक सञ्जालमा गैरजिम्मेवार ढंगले समाचार संप्रेषण गरेको कारण उनलाई यसअघि नै हटाउने निर्णय भएको उल्लेख छ ।

हालै लेखिएको गोप्य पत्रमा प्राधिकरण सञ्चालक समितिको बैठकमा छलफल भएर सीईओ गुरुङलाई जिम्मेवारीबाट हटाउनेबारेमा छलफल भए निर्देशन समेत भएको तर हालसम्म उनलाई नहटाएकोले तत्काल हटाइ मन्त्रालयलाई जानकारी गराउन निर्देशन दिइएको छ ।

हेर्नुहोस् यस्तो छ पत्र :

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x