बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

दक्षिणपन्थी यात्रा होकि समाजवादी यात्रा हो, माओवादीले आफ्नो कित्ता क्लियर गरोस्ः सांसद बास्कोटा

  • 6
  •  
  •  
  •  
  •  
  •  
  •  
    6
    Shares

काठमाडौं । नेकपा (एमाले)का सांसद गोकुल बास्कोटाले लोकतान्त्रिक गणतन्त्रको विकल्प नभएको बताएका छन् । प्रतिनिधि सभाको आईतवारको बैठकमा बोल्दै सांसद बास्कोटाले यस्तो बताएका हुन् ।

उनले प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)लाई लोकतान्त्रिक गणतन्त्रको विकल्प खोजेको हो भन्दै प्रश्न समेत गरे । उनले पछिल्लो समय वामपन्थी र दक्षिणपन्थी विचार बोक्नेको एउटै चुल्हो बल्न लागेको हो कि भन्दै आशंका व्यक्त गरे ।

उनले भने, ‘के प्रमुख प्रतिपक्षले लोकतान्त्रिक गणतन्त्रको विकल्प खोजेको हो ? बामपन्थी र दक्षिणपन्थी विचार बोक्नेको एउटै चुल्हो बलेको हो ? सहमति त्यसमा हो यदा गर्नुहोला त्यो चुल्होमा कहिल्यै राजतन्त्र फर्काउने, गाण्तन्त्र मास्ने खिचडी एक पाक्दैन, दुई पाक्दैन तीन पाक्दैन । भ्रममा नरहनुहोला ।’

उनले माओवादी केन्द्र समाजवादी यात्रामा हो कि दक्षिणपन्थी यात्रामा आफ्नो कित्ता क्लियर गर्नुपर्ने बताए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x