शनिबार, कार्तिक २३, २०८२
Saturday, November 8, 2025

संघीय संसदअन्तर्गत प्रतिनिधि सभाको बैठक बस्दै

  • 10
  •  
  •  
  •  
  •  
  •  
  •  
    10
    Shares

काठमाडौं । संघीय संसदअन्तर्गत आज प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठक आज दिउँसो १ बजे बस्नेछ ।

बैठकमा प्रधानमन्त्री के.पी. शर्मा ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको चौतीसौं वार्षिक प्रतिवेदन आ.व. २०८०/०८१ पेश गर्नुहुने, गृहमन्त्री रमेश लेखकले सशस्त्र प्रहरी बल, नेपाल विधेयक, २०८१ माथि विचार गरियोस् भन्ने प्रश्ताव प्रश्तुत गर्ने, सांसद शेरबहादुर कुँवरले सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही जिल्लाका विपन्न र पछाडि परेका नागरिकहरुले विभिन्न अस्पतालबाट निःशुल्क सेवा पाउँदै आएकोमा नेपाल सरकार र प्रदेश सरकारबाट प्रदान गरिने अनुदान रकमको अभावले गर्दा सेवाबाट वञ्चित हुने अवस्था आएकोले उक्त अस्पतालहरुबाट पाउँदै आइरहेको सेवाको निरन्तरता हुनुपर्ने भन्ने सार्वजनिक महत्वको विषयमाथि स्वास्थ्य तथा जनसंख्या मन्त्रीको ध्यानाकर्षण गर्ने कार्यसूची रहेको छ ।

त्यसका साथै उक्त प्रश्तावमाथी दयालबहादुर शाही र पुष्पबहादुर शाहले स्पष्टीकरण माग गर्ने, राजेन्द्र बजगाईंले नेपालका ग्रामिण क्षेत्रमा बाँदर र जङ्गली सुँगुर (बँदेल) को आतङ्कबाट खेतीबाली नष्ट भई किसानको सुरक्षामा समेत खतरा पैदा भएकाले समस्याको दीर्घकालीन समाधान गर्दै कृषि सुरक्षाको सुनिश्चितता, वन्यजन्तु व्यवस्थापन र वातावरणीय सन्तुलन कायम राखका लागि नीति निर्माण र कार्यान्वयनको आवश्यकता भएकोले भन्ने विषयको जरुरी सार्वजनिक महत्वको प्रश्ताव प्रश्तुत गर्ने र उक्त प्रश्तावका समर्थक उदय समशेर ज.ब.रा. र सञ्जयकुमार गौतमले समर्थन गर्ने कार्यसूचि रहेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x