बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। केन्द्रीय बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३९ रुपियाँ २४ पैसा र बिक्रीदर १३९ रुपियाँ ८४ पैसा कायम भएको छ।

आजका लागि युरोपियन युरो एकको खरिददर १४६ रुपियाँ १३ पैसा र बिक्रीदर १४६ रुपियाँ ७६ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १७६ रुपियाँ ०६ पैसा र बिक्रीदर १७६ रुपियाँ ८१ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १५५ रुपियाँ ४५ पैसा र बिक्रीदर १५६ रुपियाँ १२ पैसा कायम गरिएको छ।

यसैगरी, अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपियाँ ९४ पैसा र बिक्रीदर ८८ रुपियाँ ३२ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रुपियाँ ११ पैसा र बिक्रीदर ९७ रुपियाँ ५३ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०४ रुपियाँ ०५ पैसा र बिक्रीदर १०४ रुपियाँ ५० पैसा निर्धारण गरिएको छ।

जापानी येन १० को खरिददर नौ रुपियाँ ३१ पैसा र बिक्रीदर नौ रुपियाँ ३५ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपियाँ १८ पैसा र बिक्रीदर १९ रुपियाँ २७ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपियाँ १३ पैसा र बिक्रीदर ३७ रुपियाँ २९ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपियाँ २० पैसा र बिक्रीदर ३८ रुपियाँ ३६ पैसा कायम भएको बैङ्कले जनाएको छ।

यस्तै, थाई भाट एकको खरिददर चार रुपियाँ १३ पैसा र बिक्रीदर चार रुपियाँ १५ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपियाँ ९१ पैसा र बिक्रीदर ३८ रुपियाँ ०८ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपियाँ ४४ पैसा र बिक्रीदर ३१ रुपियाँ ५७ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपियाँ ७० पैसा र बिक्रीदर नौ रुपियाँ ७५ पैसा, स्विडिस क्रोनर एकको खरिददर १३ रुपियाँ १२ पैसा र बिक्रीदर १३ रुपियाँ १७ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपियाँ ५९ पैसा र बिक्रीदर १९ रुपियाँ ६८ पैसा तोकिएको छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x