बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

युवा जनशक्तिको पलायन मुलुकका लागि ठुलो चिन्ताको विषय भएको राष्ट्रपतिको जिकिर, मुलुकलाई जोगाउन गम्भीर बन्न आग्रह

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्र निर्माणको महाअभियानमा जुट्न अपिल गरेका छन् ।

श्रीमद्भागवत ज्ञान महायज्ञ एवम् धार्मिक पर्यटन महाउत्सव २०८१ एवम् देवालय सराङकोट धामको  समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले केही भएन भन्ने मात्र नभई धेरै भएको छ तर देश र जनताका लागि हामीले अझै थुप्रै गर्न बाँकी छ भन्ने अठोटसहित राष्ट्र निर्माणको महाअभियानमा जुट्न अपिल गरेका हुन् ।

जनताको लामो संघर्ष, त्याग र बलिदानबाट संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्त गरेको बताउँदै हाम्रो संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको अभीष्ट पनि मुलुकको आर्थिक विकास भएको उनको भनाइ छ ।

राष्ट्रपति पौडेलले युवा जनशक्तिको पलायन मुलुकका लागि ठुलो चिन्ताको विषय भएको भन्दै यो अवस्थाबाट मुलुकलाई जोगाउन सम्बद्ध सबैलाई गम्भीर बन्न आग्रह गरे ।

युवा जनशक्तिको पलायन मुलुकका लागि ठुलो चिन्ताको विषय भएको उनको भनाइ छ ।

उनले देश विकासको मूल आधार कृषि, जलस्रोत, पर्यटन र पूर्वाधारको विकास भएकाले कृषि, जलस्रोत, पर्यटन, उद्योगधन्दाको विकास र उत्पादन बढाएर स्वदेशी अर्थतन्त्रलाई मजबुत बनाउनुपर्ने धारणा व्यक्त गरे ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x