शनिबार, कार्तिक २३, २०८२
Saturday, November 8, 2025

नेपाल बारमा भिड्न विपक्षीले पनि बनाए गठबन्धन, को–को छन् उम्मेदवार

  • 35
  •  
  •  
  •  
  •  
  •  
  •  
    35
    Shares

काठमाडौं । देशभरिका अधिवक्ताहरुको छाता संस्था नेपाल बार एशोसिएशनको आगामी निर्वाचनका लागि विपक्षी दल निकटका अधिवक्ताहरुले पनि गठबन्धन बनाएका छन् । सत्ता पक्षका नेपाली कांग्रेस र नेकपा (एमाले)ले गठबन्धन बनाएपछि विपक्षीहरुले पनि गठबन्धन गरेर उम्मेदवारहरुको नामावली घोषणा गरेका हुन् ।

विपक्षी गठबन्धनमा नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेकपा (एकिकृत समाजवादी) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले संयुक्त प्यानल बनाएका छन् । अध्यक्ष पदको उम्मेदवारमा पूर्व महान्यायाधिवक्ता समेत रहेका माओवादीनिकट वरिष्ठ अधिवक्ता रमण श्रेष्ठ रहेका छन् भने रास्वपा निकटका यज्ञमणि न्यौपाने महासचिव पदका उम्मेदवार रहेका छन् ।

एकिकृत समाजवादीले उपाध्यक्ष लिने सहमति भएको छ । सबै पदहरुको नामावली सार्वजनिक गरिने गठबन्धनमा आवद्ध अधिवक्ताले बताएका छन् ।

आउँदो चैत २३ गते बारमा २५ सदस्यीय नयाँ कार्यसमिति चयनका लागि मतदान हुँदै छ ।

आज बिहीबार बिहान ११ बजेदेखि साँझ ३ बजेसम्म उम्मेदवारी दर्ता गर्ने तालिका निर्वाचन समितिले सार्वजनिक गरेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x