बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

प्रधानमन्त्री ओली आज सुर्खेत जाँदै, कर्णाली प्रदेश सभालाई विशेष सम्बोधन गर्ने

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आज कर्णाली प्रदेशसभालाई विशेष सम्बोधन गर्न लागेका छन् ।

मध्यपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुन सुर्खेत जान लागेकाा प्रधानमन्त्री ओलीले कर्णाली प्रदेशसभालाई विशेष सम्बोधन गर्ने कार्यक्रम तय भएको हो ।

उनी आज बिहान ११ बजे सुर्खेत पुग्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

ओली मध्यपश्चिम विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहमा सहभागी हुनेछन् । प्रधानमन्त्री ओली साढे ११ बजे विश्वविद्यालयको केन्द्रीय प्रशासनिक भवन कुइनेपानीमा हुने दीक्षान्त समारोहमा सहभागी हुने दीक्षान्त समारोह उपसमितिले जनाएको छ ।

दीक्षान्त समारोहपछि दिउँसो करिव साढे दुई बजे प्रदेशसभामा प्रधानमन्त्रीको विशेष सम्बोधन हुनेछ ।

प्रदेशसभालाई सम्बोधन गरेपछि प्रधानमन्त्री ओलीले मध्यपश्चिम विश्वविद्यालयको इन्जिनियरिङ संकायको भवन उद्घाटन गर्ने कार्यक्रम छ ।

त्यसलगत्तै प्रधानमन्त्री ओलीले कर्णाली प्रदेश सरकारको गौरवको योजना कर्णाली रङ्गशालाको निरीक्षण गर्ने र त्यस लगत्तै काठमाडौं फर्किने जनाइएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x