बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

दलित समुदायमाथि राज्यले हेप्ने काम गर्‍योः पदमबहादुर परियार

  • 19
  •  
  •  
  •  
  •  
  •  
  •  
    19
    Shares

काठमाडौं । राष्ट्रिय सभामा नेपाली काँग्रेसका सांसद पदमबहादुर परियारले राज्यका विभिन्न अङ्गले नै दलित समुदायमाथि हेप्ने र दबाउने काम गरेको आरोप लगाएका छन् । शुक्रवार राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै उनले यस्तो आरोप लगाएका हुन् ।

उनले दलित समुदायको सन्दर्भमा नेपाली समाज र नेपाल सरकार अझै पनि प्रगतिशिल र लोकतान्त्रिक नभएको जिकिर गरे । उनले सांसदहरुले नै दलित समुदायमाथि विभिन्न सन्दर्भमा होच्याउने र हिनतावोध गराउने गरेको आरोप लगाए ।

उनले भने, ‘केही दिन अगाडि हामी सांसदहरु बसेको ठाउँमा दलित समुदायकै भएको प्रसंगमा यो जातै यस्तै हो भनेर हामीहरुले नै बोलेको कुरामा साक्षी बन्नु पर्ने परिस्थिति आयो । यस्ता घटनालाई निचोडको रुपमा हेर्दा अहिले पनि नेपाली समाज, हामीहरु र हाम्रो सरकार दलित समुदायको सन्दर्भमा अहिले पनि प्रगतिशिल र लोकतान्त्रिक हुन नसकेको यी घटनाहरुले देखाउँछ ।’

राष्ट्रिय सभा सदस्य परियारले विभिन्न जिल्लामा दलितमाथि भएका दुव्र्यवहारको अन्त्यका लागि राज्यले न्यायसंगत कदम चाल्नुपर्नेमा जोड दिए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x