बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

महिलाको सम्मान नहुने घर ‘नर्क’ सरह होः मन्त्री सुडी

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले महिलाको सम्मान नहुने घर ‘नर्क’ सरह हुने टिप्पणी गरेका छन् । शनिवार काठमाडौंमा ११५ औं अन्तर्राष्ट्रिय महिला दिवस मुल समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले महिलाको आदर नहुने घरमा कहिल्यै पनि श्री नहुने बताए । उनले आफ्नो छोरी रानी र अरुको छोरी नोकरानी जस्तो व्यवहार कसैले गर्न नहुने बताए । उनले छोरी सरह स्नेह दिनसके आमासरह माया पाउने पाउने बताए । पुरुष र महिलामा कानूनी रुपमा कुने विभेद नभए पनि व्यवहारिक रपमा अझै कायम रहेको जिकिर गरे । यसलाई हटाउन सरकार लागिरहेको उनको भनाइ छ ।

मन्त्री सुडीले भने, ‘जुन घरमा महिलाको सम्मान छैन, आदर छैन, त्यो घर नरक हो । त्यो घरमा कहिले पनि श्री हुन सक्दैन । लक्ष्मीको वास हुन सक्दैन । तर यो पनि ध्यान राख्नुपर्छ । हाम्रो छोरी रानी, अरुको छोरी नोकरानी गर्नु हुँदैन । यदी तपाईं आफ्नो घरमा श्री हेर्न चाहना राख्नुहुन्छ भने अरुको छोरी पनि रानी बनाउनु पर्छ । आमाले छोरीलाई खान नदिने, वर्तन धुहाउन लगाउने काम हुन्छ तर छोरालाई मजाले ऐस आराम गर्न दिने । यदी तपाईं आफ्नो बुहारीलाई छोरी समान मान्नुहुन्छ भने उसले पनि आमा मान्छ ।’

मन्त्री सुडीले महिलाहरुको अधिकारको आन्दोलन अझै नसकिएको उल्लेख गरे । उनले सबैले एकजुट भएर महिलाका हक, अधिकारका लागि काम गर्नुपर्ने बताए । महिलालाई पुरुषसरह समान अधिकार दिनुपर्ने बताए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x