बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

आज यी प्रदेशका पहाडी भागमा मेघगर्जनसहित वर्षा

काठमाडौं । आज देशका केही ठाउँमा हल्का पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार पहाडी भेगका केही ठाउँमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना छ । हिजो पनि काठमाडौं उपत्यकासहित देशका केही ठाउँमा पानी परेको थियो । पछिल्लो १२ घण्टामा सबैभन्दा धेरै लमजुङमा २० मिलिमिटर पानी परेको छ ।

मौसमविदहरुका अनुसार पश्चिमी वायुको आंशिक प्रभावका साथै स्थानीय वायुको समिश्रणले वर्षा गराएको हो । प्रि–मनसुनी गतिविधि पनि सक्रिय भएकाले अबका दिनमा मेघगर्जन र चट्याङसहित दिउँसोतिर पानी पर्ने र रातिको समयमा मौसम सामान्यतया सफा रहने मौसमविदले बताएका छन् ।

विगत चार दिनदेखि काठमाण्डौ उपत्यकासहित देशका विभिन्न ठाउँमा मौसम बदली रहेको थियो । प्रतिकूल मौसमका कारण हवाई उडानसमेत सामान्य प्रभावित भएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x