बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

सुन तस्करीको अभियोगमा जेलबाट छुटेका लामा २५ करोडभन्दा बढी रकमसहित पक्राउ

  • 8
  •  
  •  
  •  
  •  
  •  
  •  
    8
    Shares

काठमाडौं । ७ किलो सुन तस्करीको अभियोगमा यसअघि पनि पक्राउ परेका कुसाङ लामा २५ करोडभन्दा बढी नगदसहित पक्राउ परेका छन् । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका वडा नं. १ घर भएका ३९ वर्षीय लामालाई आज बिहान प्रहरीले काठमाडौंको झोरबाट पाmउ गरेको हो ।

प्रहहरीले दिएको जानकारी अनुसार लामा चालक सिट पछाडि फल्स बटम बनाएर रकम राखेको अवस्थामा पक्राउ परेका छन् ।

प्रहरीका अनुसार उनी यसअघि सुन तस्करी प्रकरणमा समेत समातिएका थिए । उनी ७ किलो सुन सहित कलंकीबाट समातिएर २०७८ मा छुटेका थिए ।

उनलाई रसुवाबाट गल्छी हुँदै काठमाडौं आइरहेको बा ८ च ७४२० नम्बरको हाइलक्स गाडीबाट ७ किलो सुनसहित प्रहरीले पक्राउ गरेको थियो ।

पक्राउ परेका लामालाई प्रहरीले आज दिउँसो पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक गरेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x