बैतडी । (थिङ्क विफोर फलो ,वाइज मनी टुमरो) भन्ने नाराका साथ ग्लोबल मनी वीक सप्ताह –२०२५ गएको सोमबार देखी सुरु भई आज समापन भएको छ । हरेक वर्ष मार्च महिनामा हप्ताव्यापी रुपमा मनाइने ग्लोबल मनी वीक १३ औँ संस्करण हो । सोहि अभियान अन्तर्गत महिला लघुवित्त वित्तीय संस्था लिमिटेड केन्द्रीय कार्यालयको आयोजनामा देशभरका ६ वटा प्रदेशहरुमा वित्तीय साक्षरता तथा समाजिक काम गर्दैै समापन गरिएको थियो भने सप्ताहको अन्तिम दिन आज काठमाण्डौमा रक्तदान कार्यक्रम गरि सप्ताहको समापन गरेको हो ।
महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कृष्ण प्रसाद न्यौपानेको अध्यक्षतामा आयोजित समापन समारोहमा महिला अधिकार तथा विकास केन्द्रका अध्यक्ष पुर्व सासंद तूल्सी थापाको प्रमुख आतिथ्यता रहेको थियो ।
महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको आयोजना र नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोगमा आयोजित समारोहका प्रमुख अतिथि थापाले महिला अधिकार तथा विकास केन्द्र र महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले एक आपसमा सहकार्य र एकता गर्दै समाजिक कार्यमा हातेमालो गर्दै अगाढी बढ्नु पर्ने बताइन् । ग्राहकहरुलाई संस्थागत सामाजिक उत्तरदायित्वका हरेक कार्यक्रमहरुमा जोडेकोमा उनले धन्यवाद दिइन् ।
समापन कार्यक्रमका अध्यक्ष तथा संस्थाका प्रमुख कार्यकारी अधिकृत (सिइओ) कृष्ण प्रसाद न्यौपानेले ग्लोबल मनी वीक सप्ताह –२०२५ सप्ताहको शन्दर्भमा देशभरीका सातवटै प्रदेश कार्यालयहरुले सकृय भुमिका निर्वाह गरि सप्ताहको समापन गर्नमा अहम भुमिका खेलेको भन्दै धन्यवाद व्यक्त गरे ।
वागमती प्रदेशमा आज आयोजित रक्तदान कार्यक्रममा न्यौपानेले महिला लघुवित्तले संस्थागत समाजिक उत्तरदायित्त अन्तर्गत युवा, महिलाउद्यमी तथा अन्य समुदाय लक्षित कार्यक्रमहरु स्थापनाकालदेखि नै गर्दै आइरहको बताउदै संस्थाले यस पटक भने भिन्न तरिकाले कार्यक्रमहरु आयोजना गरेको बताए ।
यस पटकको ग्लोवल मनी वीक सप्ताह २०२५ ले बालबालिका, युवायुवती र बृद्धबृद्धाहरुलाई समेत समेटेको बताए । लघुवित्तले प्रदान गर्ने सेवा सुविधाहरु वित्तीय कारोवारबारे आधारभुत ज्ञान वित्त व्यवस्थाको लागि पारिवारिक बजेट तयार गर्ने तरिका, बचत गर्ने बानी सुधार गर्ने तरिका, लघुवित्तले प्रदान गर्ने बिभिन्न कर्जालगायत रेमिटेन्सको प्रकृया, कानुन विपरित हुण्डी र त्यसको नकरात्मक असर, सफानोट नीति र नोटलाई जतन गर्ने तरिकाहरु जस्ता विषयहरुमा विस्तृत ज्ञान दिएका थिए ।
वागमती प्रदेशमा गरिएको कार्यक्रममा ३७ जनाले रक्तदान गर्नु गौरवको बिषय भएकोले रक्तदान जीवनदान भएको ठहर गर्दै रक्तदानमा सहभागी सबैलाई (सिइओ) न्यौपाने र प्रमुख अथिति एवं महिला अधिकार तथा विकास केन्द्रकी अध्यक्ष तुलसी थापाले सम्युक्त रुपमा धन्यवाद ज्ञापन गर्दै रक्तदानमा सहभागी सबैलाई प्रमाणपत्र बितरण गरेका थिए ।
वागमती प्रदेश प्रमुख सुनिल अर्यालले संञ्चालन गरेको समापन कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत लगायत केन्द्रीय कार्यालय, बागमती प्रदेश कार्यालय र शाखाका कर्मचारीहरु लगायत समाजसेवी, रक्तदाता, संस्थामा आबद्ध कर्मचारी लगायत ७५ जनाको सहभागीता रहेकोे सामान्य सेवा विभाग प्रमुख ममिला पौडेलले जानकारी दिइन् ।

