कुलमानद्वारा सर्वोच्चमा रिट, भोलीबाट प्रक्रिया अगाडि बढ्ने

काठमाडौं । सरकारले आफूलाई बर्खास्त गरेको विषय कानूनी रुपमा गलत रहेको दाबीसहित कुलमान घिसिङले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक पदबाट बर्खास्त गर्ने सरकारको निर्णयविरुद्ध उनले सर्वोच्च अदालत गुहारेका हुन् ।
घिसिङले आफूलाई सरकारले गैरकानूनी रुपमा हटाएकोले पुनर्स्थापित गर्नु पर्ने माग राखेका छन् । उनको रिटको विषयमा आज हेर्न नभ्याइने भएकोले भोलीबाट प्रक्रिया अगाडि बढ्ने सर्वोच्च श्रोतले जानकारी दिएको छ ।
उर्जा तथा सिंचाइमन्त्री दीपक खड्काको दबाबमा मन्त्रिपरिषद्ले सोमबार साँझ उनलाई पदमुक्त गरेको थियो । उनको ठाउँमा सरकारले नियुक्त गरेका हितेन्द्रदेव शाक्यले मंगलबार साँझबाट कार्यभार सम्हालेका छन् ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE