बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

कुलमानले गुहारे सर्वोच्च अदालत, आज सुनुवाइ हुँदै

  • 4
  •  
  •  
  •  
  •  
  •  
  •  
    4
    Shares

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइएपछि कुलमान घिसिङले सरकारविरुद्ध सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदन सुनुवाइ गर्न आज (चैत १५) का लागि पेसी तोकिएको छ ।

घिसिङले बुधबार नै पेस गरेको रिट बिहीबार दर्ता गर्दै सर्वोच्चले आजका लागि पेसी तोकेको अदालतका सूचना अधिकारी निराजन पाण्डेले जानकारी दिए ।

रिटमा उनले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, ऊर्जामन्त्री दीपक खड्का, नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई विपक्षी बनाएका छन् ।

उनले रिटमा आफूलाई हटाउने निर्णय बद्‌नियतपूर्ण र गैरकानुनी दाबी गरेका छन्। सरकारको उक्त निर्णय कार्यान्वयनमा तत्काल रोक लगाई आफूलाई काम गर्न दिने अन्तरिम आदेश उनले माग गरेका छन् ।

सोमबारको मन्त्रिपरिषद् बैठकले उनलाई कार्यकारी निर्देशक पदबाट बर्खास्त गरेर शाक्यलाई नियुक्त गरेको थियो । कुलमानको यो दोस्रो काल हो। चार वर्षको कार्यकालमा चार महिना समय बाँकी थियो ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x