राजावादीको आगलागीमा परी एभिन्युज टिभीकर्मी रजकको निधन

काठमाडौं । शुक्रबार राजावादीहरुले गरेको हिंसात्मक प्रदर्शनका क्रममा एभिन्युज टिभीका एक पत्रकारको निधन भएको छ । तीनकुनेको भवनमा लागेको आगोको दृष्य छायाँकन गर्न छतमा चढेका उनको शव जलेको अवस्थामा फेला परेको हो ।
राजावादीहरुले तीनकुनेमा गरेको प्रदर्शनमा प्रहरीसँग झडप भएपछि एक भवनमा आगजनी भएको थियो । सो घटनालगत्तै रजक सम्पर्कविहीन भएका थिए ।
एभिन्युज टेलिभिजनका अर्का एक पत्रकारले सो घरभित्र आफ्नो साथी भएको जानकारी प्रहरीलाई दिँदादिँदै पनि उद्धार नभएको बताए ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE