बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

प्रधानमन्त्री ओली आज थाइल्याण्ड जाँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार दिउँसो थाइल्याण्डको औपचारिक भ्रमण जाँदैछन्। प्रधानमन्त्री ओली थाइल्याण्ड भ्रमणसँगै बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को छैटौं शिखर सम्मेलनमा सहभागी हुने कार्यक्रम छ।

प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार मंगलबार दिउँसो १२: ३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा पत्रकारसँग भेट गरेर ओली थाइल्याण्ड जाने छन् । ओलीले थाइल्याण्डको औपचारिक भ्रमण र बिम्स्टेकको छैटौँ शिखर सम्मेलनमा भाग लिने क्रमम छ। बैंककमा रहँदा उनले शिखर सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। मंगलबार थाइल्याण्ड गएर प्रधानमन्त्री ओली २३ गते शनिबार स्वदेश फर्किने कार्यक्रम रहेको छ।

प्रधानमन्त्री ओली थाइल्याण्डका प्रधानमन्त्री फेथोङथान सिनावात (पैटोङ्टार्न शिनावात्रा)को मैत्रीपूर्ण निमन्त्रणामा औपचारिक भ्रमणमा जान लागेका हुन्। थाइल्याण्डको औपचारिक भ्रमण तथा बिम्स्टेकको छैटौं शिखर सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डलको भ्रमणलाई नेपाल सरकार, मन्त्रिपरिषद्को चैत ११ गतेको बैठकले स्वीकृत गरिसकेको छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x