रवि पक्राउपछि कार्यवाहक सभापतिको जिम्मेवारी अर्याललाई

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पक्राउ परेपछि कार्यबाहक सभापतिको जिम्मेवारी उपसभापति डीपी अर्याललाई दिइएको छ । लामिछाने पक्राउ भएलगत्तै हिजो बेलुकी बसेको पार्टीको सचिवालय बैठकले अर्याललाई कार्यबाहकको जिम्मेवारी दिने निर्णय गरेको हो ।
बैठकले अदालत र अदालतको निर्णयको सदैव सम्मान गर्दै अदालत, संविधान र कानूनमा आधारित रही अर्को तह र ढोकामा न्यायको लागि अघि बढ्ने निर्णय गरेको छ ।
यस्तै, आज दिउँसो २ बजे चितवनको भरतपुरमा आयोजना हुन लागेको सभालाई शान्त र सौम्य बनाउन बैठकले निर्देशन दिएको छ । सम्भावित घुसपैठ, चलखेल र बिथोल्ने प्रयासहरू रोक्नका लागि सबै सदस्यहरूलाई सचेत, संयमित र गम्भीर रहन बैठकले निर्देशन दिएको छ ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE