बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

स्वदेश फर्किए प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किएका छन् । शनिवार थाइल्याण्डको ५ दिने औपचारिक भ्रमण सकेर प्रधानमन्त्री ओली स्वदेश फर्किएका हुन् ।

प्रधानमन्त्री ओली चैत्र १९ गते बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को छैटौँ शिखर सम्मेलनमा सहभागी हुन थाइल्याण्ड प्रस्थान गरेका थिए । शुक्रवार बिमस्टेक सम्मेलनलाई प्रधानमन्त्री ओलीले सम्बोधन गरेसँगै आज स्वदेश फर्किएका हुन् ।

थाइल्याण्ड भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले थाइल्याण्डका प्रधानमन्त्री पेथोङथान शिनावात्रा, भूटानका प्रधानमन्त्री छिरिङ तोब्गे, म्यान्मारका प्रधानमन्त्री मिन आङ हलिङ, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, श्रीलंकाका प्रधानमन्त्री डा हरिनी अमरासुरियासँग भेटवार्ता गरेका थिए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x