३० आश्विन २०८३, शुक्रबार

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

0
Shares


काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ।

अमेरिकी डलर एकको खरिदर १३७ रुपियाँ ०४ पैसा र बिक्रीदर १३७ रुपियाँ ६४ पैसा कायम भएको छ। युरोपियन युरो एकको खरिदर १४९ रुपियाँ ९८ पैसा र बिक्रीदर १५० रुपियाँ ६४ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १७५ रुपियाँ ६२ पैसा र बिक्रीदर १७६ रुपियाँ ३९ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १६० रुपियाँ ३४ पैसा र बिक्रीदर १६१ रुपियाँ ०४ पैसा कायम गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर ८२ रुपियाँ ९५ पैसा र बिक्रीदर ८३ रुपियाँ ३१ पैसा, क्यानेडियन डलर एकको खरिदर ९६ रुपियाँ २२ पैसा र बिक्रीदर ९६ रुपियाँ ६४ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०१ रुपियाँ ७९ पैसा र बिक्रीदर १०२ रुपियाँ २४ पैसा निर्धारण गरिएको छ।

जापानी येन १० को खरिदर नौ रुपियाँ ३६ पैसा र बिक्रीदर नौ रुपियाँ ४१ पैसा, चिनियाँ युआन एकको खरिदर १८ रुपियाँ ७४ पैसा र बिक्रीदर १८ रुपियाँ ८३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपियाँ ५० पैसा र बिक्रीदर ३६ रुपियाँ ६६ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपियाँ ५९ पैसा र बिक्रीदर ३७ रुपियाँ ७६ पैसा कायम भएको छ। राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ।