बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

शिक्षकले संवाद र सडक आन्दोलन सँगसँगै गर्ने

  • 59
  •  
  •  
  •  
  •  
  •  
  •  
    59
    Shares

काठमाडौं । आन्दोलनरत शिक्षक महासंघले वार्ता, संवाद र आन्दोलन सँगसँगै अघि बढाउने बताएको छ । बुधबार शिक्षा सचिवले महासंघलाई शिक्षा विधेयकमा छलफल गर्न पत्र पठाएपछि आज महासंघको टोलीले सरकारसँग छलफल गर्दैछ । वार्ताको समय र स्थान भने तय भएको छैन ।

दुई पक्षबीच छलफलबाट समय तय गरिने बताइएको छ । महासंघले संवादसँगै आन्दोलनलाई पनि निरन्तरता दिने जनाएको छ । महासंघले ऐन जारी गर्न तीन वटा विकल्प सरकारलाई दिएको छ ।

संसदको विशेष अधिवेशन, बर्खे अधिवेशन छिटो बोलाएर वा अध्यादेशबाट ऐन ल्याउन विकल्प दिएका छन् । आज हुने संवादमा पनि महासंघले यिनै आफ्ना कुरा राख्ने बताइएको छ । महासंघले आन्दोलनलाई यथावत राख्न शिक्षकहरूलाई निर्देशन दिएको छ । शिक्षकहरूले २० चैतदेखि काठमाडौंमा आन्दोलन गर्दै आएका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x