सरकार र शिक्षक महासंघबीचको वार्ता बिना निष्कर्ष टुंगियो

काठमाडौं । आन्दोलनरत नेपाल शिक्षक महासंघ र सरकारबीचको वार्ता बिना निष्कर्ष टुंगिएको छ ।
बिहिबार साझ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा बसेको वार्ता बिना निष्कर्ष टुंगिएको हो ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा शिक्षामन्त्री बिद्या भट्टराई तथा मन्त्रालयका सचिव डा.दीपक काफ्ले सहित मन्त्रालयको टोलीसँग आन्दोलनरत शिक्षकको तर्फबाट शिक्षक महासङ्घका सह अध्यक्ष नानुमाया पराजुली सहितको टोली सहभागी थियो ।
सरकारको तर्फबाट माग पूरा गर्नको लागी पहल भैरहेको भनेर मन्त्री भट्टराईले सम्झाएको जनाइएको छ ।
तर,शिक्षकहरु भने अध्यादेशबाट भएपनि तत्काल विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने अडानमा रहेको बताएका छन् । काठमाडौं केन्द्रीत सडक आन्दोलन थालेका उनिहरु ऐन जारी नगर्दासम्म घर नर्फकने चेतावनी दिएका छन् ।
बिहिबारको वार्तालाई निरन्तरता दिनेगरी बिना निष्कष टुङ्गिएको जनाइएको छ ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE