दुर्गा प्रसाईं भारतमा पक्राउ परेको प्रहरीद्वारा खण्डन, खोजी कार्य जारी

काठमाडौं । यही चैत १५ गते काठमाण्डौको तीनकुनेमा राजावादीले गरेको हिंसात्मक प्रदर्शनका कमान्डर दुर्गा प्रसाईं भारतमा समातिएको चर्चा भैरहँदा प्रहरीले यसको खण्डन गरेको छ ।
प्रहरी प्रधान कार्यालयले ‘हालसम्म प्रसाईं पक्राउ नपरेको’ जनाएको छ ।
नेपाल प्रहरीका प्रवक्ता दिनेशकुमार आचार्यले हिजोराती निकालेको विज्ञप्तिमा विभिन्न आपराधिक घटनामा संलग्न रही फरार दुर्गा प्रसाईं नेपाल प्रहरीको खोजीको सूचीमा रहेको जानकारी गराउँदै हालसम्म प्रसाईं पक्राउ नपरेको हुँदा भ्रामक समाचार प्रकाशन, प्रसारण नगरिदिनुहुन अनुरोध गर्दछौँ भनेर उल्लेख गरिएको छ ।
यसैबीच राजसंस्था पुनःस्थापनाका लागि बनेको संयुक्त जनआन्दोलन समितिले दुर्गा प्रसाईंले प्रहरीसामु आत्मसमर्पण नगरेको जनाएको छ ।
प्रसाईले आफूलाई सुरक्षित नेपालसम्म पु¥याइदिन भारतीय प्रहरीलाई अनुरोधमात्र गरेको समितिको भनाइ छ ।
दुर्गा प्रसाईं भारतमा पक्राउ परेको समाचारहरू आएपछि समितिका प्रवक्ता स्वागत नेपालले एक विज्ञप्ति जारी गरी प्रष्टीकरण दिएका हुन् ।
उनले प्रसाईंको जीउज्यानको सुरक्षा गर्न माग गरेका छन् ।
राति निकालिएको विज्ञप्तिम प्रसाईंले भारतीय प्रहरीसमक्ष आफ्नो ज्यानको सुरक्षासहित नेपाल प्रवेश गर्न सहयोग गरिदिन अनुरोध गरेको दाबी गरिएको छ ।
चैत १५ गतेको प्रदर्शनका नाममा हिंसा भड्काएर फरार भएका प्रसाईंलाई नेपाल प्रहरीको विशेष ब्यूरोले पूर्वी नेपालको सीमावर्ती क्षेत्रबाट पक्राउ गरेको चर्चाका बीच दुबै पक्षको विज्ञप्ती आएको हो ।
प्रसाईँ क्यान्सरको बिरामी र अदालतको तारिकमा समेत रहेकाले सुरक्षित रूपमा अस्तालसम्म पु¥याउन र अदालतसम्म हाजिर हुनका लागि समेत सहयोग गर्न राष्ट्रिय मानव अधिकार आयोग र सरकारसमक्ष समितिले अनुरोध गरेको छ ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE