बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

दुर्गा प्रसाईंलाई आज काठमाडौं ल्याउने तयारी, नेपाल–भारत नाकामा समर्थक र प्रहरी

काठमाडौं । भारतको आसाम राज्यमा पक्राउ परेका दुर्गा प्रसाईंलाई आज काठमाडौं ल्याउन लागिएको जनाइएको छ ।

त्यसका लागि विशेष व्युरो र अपराध अनुसन्धान कार्यालयको टोली नेपाल–भारत सीमा क्षेत्रमा पुगिसकेको छ ।

यही चैत १५ गते काठमाडौंको तीनकुनेमा राजावादीहरुले गरेको हिंसात्मक प्रदर्शनपछि प्रसाईं फरार भएका थिए ।

उनी झापाको काँकडभिट्टा नाका हुँदै भारत पसेको सूचना पाएपछि प्रहरीले भारतीय प्रहरीसँगको समन्वयमा खोजी जारी राखेको थियो ।

उनलाई खोज्न नेपाल प्रहरीका तीन विशेष टोली भारत नै पुगेको जनाइएको छ ।

प्रसाईंलाई नेपाल ल्याइने जानकारी पाएपछी झापाको काँकडभिट्टास्थित सीमा क्षेत्रमा प्रसाईं पारिवारका सदस्य र केही समर्थकहरु समेत पुगेका छन् ।

प्रहरीले भने विहीबार विज्ञप्ति जारी गर्दै दुर्गा प्रसाईं भारतमा पक्राउ परेको समाचारलाई खण्डन गरेको थियो ।

प्रसाईंको सचिवालयले भने उनले आसाम प्रहरीमा आत्मसमर्पण गरेको दाबी गरेको छ ।

राजसंस्था पुनर्स्थापनाका लागि भन्दै गठन गरिएको संयुक्त जनआन्दोलन परिचालन समितिका प्रवक्ता स्वागत नेपालको नामबाट सार्वजनिक एक विज्ञप्तिमा प्रसाईंले जीवन रक्षाका लागि आसाम प्रहरीमा पुगेर आफूलाई सुरक्षित नेपाल पठाइदिने भनेको दाबी गरिएको छ ।

नेपाल प्रहरीले प्रसाईं नेपाल फर्किरहेको जानकारी नरहेको प्रतिक्रिया दिएकाले नेपाल प्रवेशसँगै उनको जीवन खतरामा पर्न सक्ने भन्दै विज्ञप्तिमा जीवन रक्षाका लागि पहल गरिदिन मानव अधिकारकर्मी, सञ्चारकर्मी लगायतलाई अनुरोध समेत गरिएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x