३० आश्विन २०८३, शुक्रबार

दुर्गा प्रसाईंलाई काठमाडौं ल्याइयो

0
Shares


काठमाडौं । विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले काठमाडौं ल्याएको छ । बिहीबार राति भारतको आसाममा पक्राउ परेका उनलाई शुक्रबार प्रहरीले जिल्ला प्रहरी परिसर काठमाडौँ ल्याइपुर्‍याइएको हो ।

भारतमा पक्राउ परेका उनलाई आजै बिहान काँकडभिट्टा नाकाबाट नेपाल ल्याएर हतकडीसहित भद्रपुरको विमानस्थल पुर्‍याइएको थियो ।

तीनकुनेमा अराजकता मच्चाउने समूहका अगुवा प्रसाईंमाथि अनुसन्धानका लागि आजै म्याद थप गर्ने तयारी भएको छ ।

प्रहरीले अहिले कागजात मिलाइरहेको छ । उनलाई आजै म्याद थपका जिल्ला अदालत काठमाडौं लग्नेछ ।