बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

श्रम र रोजगार प्रवर्द्धनमा साझेदारी आवश्यकः श्रम मन्त्री भण्डारी

  • 3
  •  
  •  
  •  
  •  
  •  
  •  
    3
    Shares

काठमाडौं । श्रम तथा रोजगारका क्षेत्रमा संगठित र समन्बयात्मक तवरले कार्य गर्न नेपाल सरकारले आन्तरिक रोजगार प्रवर्द्धन दशकको रणनीतिक योजना तयार गर्नु परेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरत सिंह भण्डारीले बताए । स्वीस कन्ट्याक्स्टको स्टेप अप परियोजनाको समापनमा बोल्दै श्रम मन्त्री भण्डारीले नेपाल र नेपालीको समृद्धी नेपाली कै हातमा रहेको हुनाले नयाँ र प्रभावकारी तवरले इमान्दारीपूर्वक काम गर्नु पर्ने अवस्था रहेको बताए ।

रोजगार र आर्थिक बिकास एक आपसका परिपूरक रहेको बताउदै आगामी दशकमा नेपाल सरकारले श्रमिकको माग सिर्जना, दक्ष श्रमिकको आपूर्ती र आर्थिक बिकासको लागि श्रम बजार प्रवर्द्धन गर्ने जस्ता सबै रोजगार शृङ्खलामा श्रम मन्त्रालयले काम गर्ने योजना रहेको बताए । नागरिकलाई एकीकृत तवरले स्थानीय तहको नेतृत्वमा सबै श्रम तथा रोजगार सेवा प्रवाह हुने गरी तीनै तहको सरकारका साझा नीति तथा रणनीति तयारी अन्तिम चरणमा रहेको जनाए ।

संविधानको समन्वय, सहकार्य र सहअस्तित्वको आधारमा स्वीस कन्ट्याक्टको प्राविधिक सहयोगमा निर्मित कोशी सरकारको श्रम संसार डिजिटल पोर्टललाई अन्तरास्ट्रिय श्रम दिवश देखी सबै स्थानीय तहमा बिस्तार हुने जानकारी दिदै मन्त्री भण्डारीले अन्तर तह अन्तर निकाय समन्वय र सहकार्यलाई ब्यापकता दिने उल्लेख गरे ।

समपान कार्यक्रममा बिराटनगर महानगरपालि र दुहबी नगरपालिकाका नगर प्रमुख तथा स्वीस कन्ट्याक्टका प्रतिनिधीहरुले सम्बोधन गरेका थिए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x