दुर्गा प्रसाईंलाई १२ दिन हिरासतमा राख्न अदालतको अनुमति
काठमाडौं । काठमाडौं जिल्ला अदालतले विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ । बिहीबार भातको आसाम राज्यमा भारतीय प्रहरीद्वारा पक्राउ गरी शुक्रबार काठमाडौं ल्याइएका प्रसाईंमाथि अनुसन्धान गर्न अदालतले अनुमति दिएको हो । प्रसाईंसहित उनका बडिगार्ड दीपक खड्कालाई पनि १२ दिन नै हिरासतमा राखिने भएको छ ।
प्रसाईं र खड्कालाई नेपाल प्रहरीको विशेष ब्युरोको टोलीले शुक्रबारै झापाको भद्रपुरबाट पक्राउ गरेको थियो । यही चैत १५ गते काठमाडौंको तीनकुनेमा राजावादीले आयोजना गरेको प्रदर्शन हिंसामा परिणत भएको थियो । प्रसाईं उक्त प्रदर्शनका ‘कमान्डर’ थिए ।
प्रदर्शनक्रममा प्रहरीको गोली लागेर कीर्तिपुरका सविन महर्जनको मृत्यु भएको थियो । प्रदर्शनकारीले एक निजी घरमा आगजनी गर्दा जलेर पत्रकार सुरेश रजकको ज्यान गएको थियो । सोही दिन साँझदेखि प्रसाईं फरार थिए ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE