निजामती कर्मचारीहरुद्वारा आन्दोलनको घोषणा

काठमाडौं । निजामती कर्मचारीहरूले पनि आन्दोलनको घोषणा गरेका छन् ।
यसअघि भएका सहमति, सम्झौता र अदालतले दिएको आदेशलाई समेत समेटेर तत्काल संघीय निजामती ऐन जारी गर्न माग गर्दै कर्मचारी संगठनहरुले आन्दोलनको घोषणा गरेका हुन् ।
पछिल्लो समय काठमाडौंमा विभिन्न पेसा, समूहको आन्दोलन बढिरहेका बेला निजामती कर्मचारीहरूको पनि आन्दोलनका कार्यक्रम सार्वजनिक भएको छ ।
गत चैत्र ३१ गते संयुक्त पत्रकार सम्मेलन गरेर आन्दोलनको चेतावनी दिएका कर्मचारी संगठनहरूले आजदेखि आन्दोलनका कार्यक्रम अघि बढाएका हुन् ।
कर्मचारीहरूले संयुक्त ट्रेड यूनियनमार्फत विज्ञप्ती जारी गर्दै आन्दोलन घोषणा गरेका छन् ।
जसअन्तर्गत आज संघीय मामिलामन्त्री, कानूनमन्त्री र मुख्यसचिवलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको छ ।
आगामी सोमबार सभामुखलाई तथा विभागीयले सचिव तथा जिल्ला कार्यसमितिले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउने कर्मचारी संगठनको निर्णय छ । आगामी बुधबार आन्दोलन परिचालन समिति घोषणा गर्ने र शुक्रबार संसद सचिवालय अगाडि भेला आयोजना गर्ने उनीहरुको तयारी छ ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE