शनिबार, कार्तिक २३, २०८२
Saturday, November 8, 2025

आजपनि काठमाडौंमा शिक्षकको आन्दोलन, आन्दोलनलाई उग्रता र भड्काउबाट बचाउन महासंघको आग्रह

काठमाडौं । शिक्षक महासंघले गत चैत्र २० गतेदेखि काठमाडौंको सडकमा गर्दै आएको प्रदर्शनलाई आज पनि निरन्तरता दिने भएको छ ।

महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले सामाजिक सञ्जाल फेसबुकमार्फत दिउँसो १२ बजे माइतीघरमा भेला भएर शान्तिपूर्ण प्रदर्शनमा सहभागी हुन अनुरोध गरेका छन् ।

बिहीबारको सहभागिता उत्साहजनक रहेको भन्दै उनले यसले आन्दोलनका लागि थप ऊर्जा मिलेको बताएका छन् ।

शिक्षक आन्दोलनलाई उग्रता र भड्काउबाट बचाउनुपर्नेमा उनको जोड छ ।

आन्दोलन उग्रतामा परिणत भयो भने त्यसले सबभन्दा पहिले आन्दोलनलाई नै खाने बताउदै उनले केही दिन धैर्यता गर्न समेत आग्रह गरेका छन् ।

बिगत १७ दिनदेखिको शिक्षक आन्दोलनले काठमाडौंको माइतीघर बानेश्वर सडकखण्ड दिनभर अस्तव्यस्त हुँदै आएको छ । माग पुरा नभएसम्म कक्षा १२ को परीक्षा हुन नदिने शिक्षकको चेतावनीका कारण समयमै परिक्षा हुने नहुने अन्यौलता समेत बढेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x