राप्रपाले प्रदर्शन गर्ने भएपछि काठमाडौंको सुरक्षा व्यवस्था कडा

काठमाडौं । राप्रपाले आज निषेधित क्षेत्र तोड्ने गरी प्रदर्शन गर्ने भएसंगै काठमाडौं उपत्यकामा सुरक्षा व्यवस्था कडा पारिएको छ । बिहान ११ बजेबाट भेला भई बिजुली बजारमा प्रदर्शन गर्ने राप्रपाको योजना छ । प्रदर्शनकारीहरूले निषेधित क्षेत्र तोड्ने अभिव्यक्ति दिएसँगै उपत्यका प्रहरी कार्यालयले प्रतिकारात्मक सुरक्षा योजना बनाएर लागु गरेको छ ।
जिल्ला सुरक्षा समितिबाट निर्णय गराएर सुरक्षा योजना लागु गरिएको उपत्यका प्रहरी कार्यालयले जनाएको छ । राप्रपाले प्रदर्शनको लागि जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएको छैन । अनुमति नलिएको र निषेधित क्षेत्र तोड्ने सुराक पाएसँगै निषेधित क्षेत्रमा सुरक्षा कडाइ गरिएको हो ।
निषेधित क्षेत्रमा सुरक्षाकर्मीको सङ्ख्या बढाइएको छ । प्रदर्शनकारीहरू भद्रकाली, बबरमहल र बालुवाटारमा जम्मा हुन लागेका छन् । बालुवाटार स्थित प्रधानमन्त्रीको निवास आसपासको निषेधित क्षेत्रमा पनि ठुलो सङ्ख्यामा सुरक्षा परिचालन गर्नेगरी सुरक्षा योजना लागु गरिएको छ । जिल्ला सुरक्षा समितिबाट पारित सुरक्षा योजना अनुसार प्रदर्शन स्थल र निषेधित क्षेत्रमा ब्याक सपोर्टको रूपमा सशस्त्र प्रहरी पनि परिचालन गरिएको छ ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE