बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

शहरी क्षेत्रहरू विकास, नवप्रवर्तन र अवसरका इन्जिन हुन्ः परराष्ट्रमन्त्री राणा

  • 25
  •  
  •  
  •  
  •  
  •  
  •  
    25
    Shares

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले शहरी क्षेत्रहरू विकास, नवप्रवर्तन र अवसरका इन्जिन भएको बताएकी छन् । सोमवारदेखि बैंककमा शुरु भएको संयुक्त राष्ट्रसङ्घीय एशिया तथा प्रशान्त क्षेत्रीय आर्थिक तथा सामाजिक आयोग (युएनस्केप) को ८१ औँ सत्रको सम्बोधनमा उनले यस्तो बताएकी हुन् ।

एशिया तथा प्रशान्त क्षेत्रले अव्यवस्थति शहरीकरणको ठूलो समस्या भोगिरहेको बताइन् । उनले योजनाविहीन शहरीकरणले धेरै समस्याहरु निम्त्याइरहेको उल्लेख गर्दै राम्रोसँग योजनावद्ध शहरी विकास गर्नपर्नेमा जोड दिइन् । उनले वातावरणमैत्री र दिगो शहरी विकासमा जोड दिँदै यसका लागि समावेशी र हरित शहरहरूमा लगानी वृद्धि गर्नुपर्ने बताइन् । मन्त्री डा. राणाले एशिया तथा प्रशान्त क्षेत्रमा वित्तीय जोखिम र सीमा, दिगो पूर्वाधारका क्षेत्रमा लगानीको अभाव, व्यापारको खण्डीकरण र संरक्षणवादी प्रवृत्ति, ‘डिजिटल डिभाइड’जस्ता समस्या देखिएको बताइन् ।

परराष्ट्रमन्त्री राणाले वर्तमान अवस्थाको समाधान, भोलिको पुस्ताको भविष्य एवं समग्र पृथ्वीकै सुरक्षालाई सुनिश्चित गर्न नेपालले पनि यस क्षेत्रमा कदम चालिरहेको बताइन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x