बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

खुइलीको साथमा आशिक राईले ल्याए ‘किङ कोब्रा नागिन डान्स’

  • 68
  •  
  •  
  •  
  •  
  •  
  •  
    68
    Shares

काठमाडौं । चर्चित कोरियोग्राफर तथा निर्देशक आशिक राईलाई गायकका रुपमा भने थोरैले मात्र चिन्ने गरेका छन् । अब भने अझ धेरै माझ आफूलाई चिनाउने मनसाय राखेर उनै राईले नयाँ गीतको भिडियो सार्वजनिक गरेका छन् ।

माया मोक्तान र कृष्ण श्रेष्ठको शब्द तथा स्वयम् आशिक राईकै संगीत रहेको ‘किङ कोब्रा नागिन डान्स’ बोलको गीतमा राईलाई खुइलीका उपनामले परिचित नविना सिलवालले स्वरमा साथ दिएकी छिन् । कृष्ण श्रेष्ठ र डिल्लीराम राईले समूहमा रहेर गाउन सघाएका छन् भने जीवन बडुले एरेन्ज गरेका छन् ।

रोमाञ्चक बनाइएको भिडियोमा आशिक राई आफैं फिचर्ड छन् । उनको साथमा खुइली र कृष्ण श्रेष्ठको पनि अभिनय तथा नृत्य रहेको छ । अमन बाबुले छायाँकन गरेको भिडियोको सम्पादन जोहन राईले गरेका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x