राजेन्द्र लिङदेनलाई काँग्रेसको चुनौतीः भाटभटेनीमा रक्सी चोर्ने कुन सह–महामन्त्रीको छोरो हो, प्रमाणित गर्नु

काठमाडौं । नेपाली काँग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले चैत १५ गते तीनकुनेमा भएको प्रदर्शनको क्रममा भएको भाटभटेनी लुटपाटमा पार्टीको कुन सहमहामन्त्री छोरो संलग्न रहेको हो त्यो प्रमाणित गर्न राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनलाई चुनौती दिएका छन् । प्रतिनिधि सभाको आईतवारको बैठकमा बोल्दै प्रमुख सचेतक घिमिरेले यस्तो चुनौती दिएका हुन् ।
शुक्रवारको प्रतिनिधि सभामा बोल्दै राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले भाटभटेनी लुटपाटमा सहमहामन्त्रीकै छोरो भएपछि गृहमन्त्रीले हतारमा छोडेको अभिव्यक्ति दिएका थिए । उनले लुटपाटमा गएका तपाईंकै पार्टीका सहमहामन्त्रीको छोरोलाई किन छोडियो ? भन्दै गृहमन्त्रीलाई प्रश्न गरेका थिए । प्रमुख सचेतक घिमिरेले उक्त घटनाको प्रमाणि गर्न चुनौती दिँदै आफ्नो अभिव्यक्ति फिर्ता गर्न आग्रह गरे ।
उनले भने, ‘कुन चाहीँ सहमहामन्त्रीको कुन चाँही छोराले भाटभटेनीबाट रक्सीको बोतल बोकेर हिँड्नुभएको हो ? प्रमाणित गर्नको लागि म आग्रह गर्दछु । होइन भने उहाँले आफ्नो शब्द फिर्ता लिनुपर्छ र क्षमायाचना गर्नुपर्छ ।’
उनले कसैले पनि व्यक्तिगत वा सामुहिक रुपमा पार्टीलाई समेत लाञ्छित गरेर बोल्न नपाइने उल्लेख गर्दै सभामुखको ध्यानाकर्षण गराए ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE