बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

सरकार स्वार्थ समूहहरुको लगाममा कुदिरहेको छः अध्यक्ष दाहाल

  • 10
  •  
  •  
  •  
  •  
  •  
  •  
    10
    Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले वर्तमान सरकार स्वार्थ समूहहरुको लगाममा कुदिरहेको आरोप लगाएका छन् । प्रतिनिधि सभाको सोमवारको बैठकमा अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागि हुँदै अध्यक्ष दाहालले यस्तो आरोप लगाएका हुन् ।

आलोचना गर्नेहरुलाई थुन्ने, पदबाट निकाल्ने, प्रतिशोध साँध्ने र गठबन्धन निर्माणका सुत्रधारहरुको स्वार्थमा एकपछि अर्को निर्णय गर्नमा मात्रै सरकार सिमित रहेको अध्यक्ष दाहालको टिप्पणी छ । उनले अहिलेको मुख्य समस्या सहकारी तथा लघुवित्त ठगी, आर्थिक अपराध, सम्पत्ति शुद्धीकरण, भ्रष्टाचार र कुशासन भएपनि यी विषयहरुलाई नीति तथा कार्यक्रममा महत्व नदिइएको बताए । उनले देशमा भ्रष्टाचार बढेको र ग्रे लिष्टमा परेको भएपनि सरकारले उक्त कुरामा तपशीलको लक्ष्य राखेको राखेको आरोप लगाए ।

उनले भने, ‘स्वार्थ समूहहरुको लगाममा कुदिरहेको सरकारको ध्यान आलोचना गर्नेहरुलाई थुन्ने, पदबाट निकाल्ने, प्रतिशोध साँध्ने अनि गठबन्धन निर्माणका सुत्रधारहरुको स्वार्थमा एकपछि अर्को निर्णय गर्नमा मात्रै सिमित भएको देखिएको छ । यतिबेलाको मुल समस्या भएको सहकारी तथा लघुवित्त ठगी, आर्थिक अपराध, सम्पत्ति शुद्धीकरण, भ्रष्टाचार र कुशासन हो । नीति तथा कार्यक्रममा यी विषयहरुलाई कुनै खास महत्व दिएको देखिएको छैन । जबकी भ्रष्टाचार बढेको र कालो धन शुद्धीकरण बढेको फाइनान्सियल एक्शन टाक्स फोर्सले नेपाललाई ग्रलिष्टमा राखेको अवस्था हाम्रो सामु छ । त्योसूचीबाट बाहिर ल्याउने काम गर्नुपर्नेमा सरकारले यसलाई तपशीलको लक्ष्य राखेर दुई वर्षपछि मात्र हट्ने लक्ष्य राखिनुले सरकार यथार्थमा नै गैरजिम्मेवार देखिएको छ ।’

सरकारसँग संख्याको दम्भ रहेको र जे गरे पनि हुन्छ भन्ने निरंकुशतावादी चिन्तन रहेको अध्यक्ष दाहालको आरोप छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x