शनिबार, कार्तिक २३, २०८२
Saturday, November 8, 2025

वैशाख २८ गते राष्ट्रिय सभामा प्रधानमन्त्रीको सम्बोधन

  • 2
  •  
  •  
  •  
  •  
  •  
  •  
    2
    Shares

काठमाडौं । वैशाख २८ गते प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सभा बैठकलाई सम्बोधन गर्ने भएका छन् । मंगलवार बसेको राष्ट्रिय सभाको बैठकमा सभाका अध्यक्ष नारायणप्रसाद दाहालले सो जानकारी गराएका हुन् ।

सरकारले आगामी आर्थिक वर्षका लागि प्रश्तुत गरेको नीति तथा कार्यक्रममाथिको छलफल नसकिएको र नीति तथा कार्यक्रममाथि सांसदहरुले सदनमा उठाएका प्रश्नको प्रधानमन्त्री ओलीले जवाफ दिने कार्यक्रम राखिएको जानकारी दिए ।

उनले भने, ‘आर्थिक वर्ष २०८२/०८३ का लागि नेपाल सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा माननीय सदस्यहरुले बोल्ने क्रम नसकिएकोले आगामी बैठकमा समेत छलफल जारी रहने र सम्माननीय प्रधानमन्त्रीज्युबाट जवाफ दिनेगरी निर्धारण गरिएको व्यहोरा जानकारी गराउँछ । राष्ट्रिय सभाको अर्को बैठक २०८२ साल वैशाख २८ गते आईतवार अपरान्ह १ बजेर १५ मिनेटमा बस्नेगरी यो बैठक यहीँ स्थगित हुनेछ ।’

राष्ट्रिय सभाको अर्को बैठक वैशाख २८ गते आईतवार दिउँसो सवा १ बजे बस्नेछ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x