प्रतिनिधिसभाको बैठक आज पनि बस्दै, नीति तथा कार्यक्रममाथि छलफल जारी रहने

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ । बैठक बिहान ११ः बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने छ ।
आज पनि केपी ओली नेतृत्वको सरकारले ल्याएको आर्थिक बर्ष २०८२–८३ को नीति तथा कार्यक्रममाथि छलफल हुने छ । गत बैशाख २२ गते देखी निरन्तर सरकारको नीति तथा कार्यक्रममाथि छलफल चलिरहेको छ । गत बैशाख १९ गते राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को संयुक्त बैठकबाट नीति तथा कार्यक्रम सार्वजनिक गरेको पर्सि पल्टदेखि निरन्तर छलफल चलिरहेको हो ।
साथै, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट प्राप्त पत्रको ब्योहोरासमेत जानकारी गराइने छ ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE