अब आउने कुनै जेठ १५ मा पनि राजतन्त्र पुनःस्थापना हुन सक्दैनः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजतन्त्र पुनःस्थापना हुन नसक्ने बताएका छन् । आईतवार प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन् ।
उनले खुलेआम लोकतान्त्रिक प्रणालीभित्र लोकतन्त्र उल्ट्याउने शंखघोष गरिएको भन्दै प्रतिगमनमा लैजाने हुंकार नगर्न चेतावनी दिए । उनले अब आउने कुनैपनि जेठ १५ मा राजसंस्था पुनः स्थापना हुने सपना नदेख्न आग्रह गरे । देश संविधान र कानूनअनुसार चल्ने र संविधान र कानूनअनुसार चल्न तयार हुनुपर्ने बताए ।
प्रधानमन्त्री ओलीले भने, ‘आज खुलेआम लोकतान्त्रिक प्रणालीभित्र लोकतन्त्र उल्ट्याउने शंखघोष गर्नुहुन्छ र देशलाई प्रतिगमनमा लैजाने हुंकार गर्नुहुन्छ । अचम्म लाग्छ मलाई । जेठ १५ गते ? यस पटकको जेठ १५ गते होइन । अब आउने कुनैपनि जेठ १५ गते पर्खिनुस्, तपाईंहरुको सपना साकार हुनेछैन । सपना काम लाग्दैन, यसमा जोड नगर्न आग्रह गर्न चाहन्छु । समयलाई चिनौँ, समयानुसार अघि बढौँ । शान्तिपूर्ण आन्दोलनभित्रको कुरा सिके राम्रो हुन्थ्यो । देश संविधान र कानूनअनुसार चल्छ । संविधान र कानूनअनुसार चल्न तयार हुनुपर्छ ।’
प्रधानमन्त्री ओलीले प्रतिगमनको वकालत गरेर टाउको ठोक्किने गरी उफ्रिनुको कुनै अर्थ नरहेको बताए ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE