शनिबार, कार्तिक २३, २०८२
Saturday, November 8, 2025

माओवादी सांसदको प्रश्नः झ्याप्प झ्याप्प बत्ती जानु सरकारको आयुको संकेत हो ?

काठमाडौं । नेकपा (माओवादी केन्द्र) की सांसद दुर्गा राईले झ्याप्प झ्याप्प बत्ती जाने कुरा सरकारको आयुको संकेत हो भन्दै प्रश्न गरेकी छन् । प्रतिनिधि सभाको आईतवारको बैठकमा बोल्दै उनले अहिले झ्याप्प झ्याप्प बत्ती जाने गरेकोप्रति असन्तुष्टि व्यक्त गरेकी हुन् ।

झ्याप्प झ्याप्प बत्ती जानुको अर्थ सरकारको आयुसँग् जोडिएको उनको टिप्पणी छ । पछिल्लो समय बत्ती जाने र आउने क्रमबाट नागरिकरु रुष्ट छन् । जसकारण पनि सरकारको बिरोध भइरहेको छ ।

उनले भनिन्, ‘आज भोलि झ्याप झ्याप बत्ती जान्छ, किन सरकार रु के यो सरकारको आयुको संकेत हो ?’

सांसद राईले मध्यपहाडी लोकमार्ग अन्तर्गतको भोजपुर र खोटाङ जिल्लाको सीमानामा पर्ने बाँझे च्यानडाँडा खण्डमा पर्ने १० किलोमिटर सडक लामो समयदेखि अलपत्र रहेको भन्दै सरकारको ध्यानाकर्षण गराइन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x