बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

शक्तिको दुरुपयोग गरेर कसैलाई जागिर खुवाएका छैनौँः राधिका शाक्य

  • 16
  •  
  •  
  •  
  •  
  •  
  •  
    16
    Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीकी धर्मपत्नी एवं प्रथम महिला राधिका शाक्यले शक्तिको दुरुपयोग गरेर कुनैपनि काम नगरेको बताएकी छन् । सोमवार काठमाडौंमा शाक्यद्वारा लिखित पुस्तक ‘करुणा’को लोकार्पण एवं पुस्तक समीक्षा कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन् ।

उनले ओलीसँग विवाह गरेको करिव ३८ वर्ष पुगेको भन्दै अहिलेसम्म पनि ओली गृहमन्त्री, परराष्ट्रमन्त्री, ४ पटकसम्म प्रधानमन्त्री हुँदासमेत शक्तिको दुरुपयोग गरेर कसैलाई कुनै काम नदिलाएको उल्लेख गरिन् । यदी पदको दुरुपयोग गरेर कसैलाई कुनै पदमा राखेको फेला पारेर ल्याउन चुनौति दिइन् । कार्यकर्ता व्यवस्थापनबारे आफू जानकार नरहेको र आफू कुनैपनि राजनीतिक कार्यमा हस्तक्षेप नगर्ने बताइन् । आफूले राजनीति नगरेपनि राजनीति बुझ्ने बताइन् ।

उनले भनिन्, ‘जहाँसम्म मलाई लाग्छ, अब कार्यकर्ताहरुको व्यवस्थापन कसरी भएको छ ? के भएको छ त्यो म जान्दिनँ । किनभने म कुनैपनि पोलिटिक्समा मैले हस्तक्षेप गरेको छैन, गर्दिन पनि । अघि पनि कुरा आयो । मैले सधैँ भन्ने गर्दछु, म राजनीति गर्दिन तर म राजनीति मज्जाले बुझ्छु । किनभने मेरो पृष्ठभुमि पनि राजनीति नै हो । बुझ्ने इन्ट्रेस्ट पनि हो । त्यसमाथि केपी ओलीसँगै बसेपछि त अलिअलि राजनीति नबुझ्ने हुँदैन होला, बुझ्छु । राजनीतिलाई विश्लेषण नै गर्ने हो भने मलाई लाग्छ म सही ढंगले विश्लेषण गर्नसक्छु । मलाई कुनै लोभ, अवसर, महत्वकांक्षा छैन । हाम्रो नातागोताले कहीँ कतै सानो, ठूलो शक्तिको दुरुपयोग गरेर राखिदिएको केही छैन । तपाईंहरुले भेट्टाउन सक्नुहुन्छ भने खोज्न म अनुरोध गर्न चाहन्छु । मैले उहाँसँग विवाह गरेको ३७—३८ वर्ष भयो । उहाँ ४ पटक प्रधानमन्त्री बन्नुभयो । गृहमन्त्री, परराष्ट्रमन्त्री, केके हुनुभयो । तर एक जना मान्छेलाई एउटा सानो पोस्टमा पनि पदको दुरुपयोग गरेर राख्ने गरेको छैन ।’

प्रथम महिला शाक्यले आफूलाई कुनै लोभ, अवसर खोज्ने चाहना र महत्वकांक्षा नरहेको पनि स्पष्ट पारिन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x