बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

माओवादीलाई काँग्रेसको जवाफः समितिको नेतृत्व भागबण्डाबाट भएको हो, आफ्नै नेतासँग गएर कुरा गर्नुस्

  • 4
  •  
  •  
  •  
  •  
  •  
  •  
    4
    Shares

काठमाडौं । नेपाली काँग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले सार्वजनिक लेखा समितिको सभापतिको विषयलाई लिएर नगिजोल्न नेकपा (माओवादी केन्द्र) सँग आग्रह गरेका छन् । तत्कालीन समयमा नेकपा एमाले प्रतिपक्षमा रहेको र सोहीअनुसार शिर्ष नेतृत्वबाट समितिको बाँडफाँड गर्दा एमालेको भागमा परेको भन्दै सभापतिको विषयलाई लिएर नगिजोल्न आग्रह गरेका हुन् ।

उनले समितिमा आएर सधैँ गिजोलिरहनु भन्दा आफ्ना शिर्षस्थ नेताहरुसँग गएर कुरा गर्न आग्रह गरे । अन्तर्राष्ट्रिय मान्यताअनुसार सार्वजनिक लेखा समितिको सभापति विपक्षीलाई नै दिने अभ्यास भएको बताए । उनले यही विषयलाई लिएर सधैँ सभापतिलाई दोषारोपण गरिरहन नहुने बताए ।

प्रमुख सचेतक घिमिरेले भने, ‘सार्वजनिक लेखा समितिको सभापतिको विषयमा बारम्बार हरेक बैठकमा प्रश्न उठ्ने गर्दछ । अन्तर्राष्ट्रिय मान्यताअनुसार सार्वजनिक लेखा समितिको सभापति विपक्षीलाई नै दिने अभ्यास हो । संसदीय अभ्यासमा । सम्भवतः यो समिति बन्दा नेकपा एमाले प्रतिपक्षमा थियो, यस हिसावले यो भगमा एमालेको भागमा परेको हो । एउटा बुझ्नुपर्ने कुरा के हो भने यो समिति बन्दा भागबण्डै भएको हो । राजनीतिक भागबण्डाको आधारमा समितिहरु भागमा परेका हुन् । सबै दलले आफ्नो आफ्नो जुँगा हेरि भाग भनेको जस्तो भाग पाएका छन् । यो राजनीतिक शिर्ष तहमा मिलेर गरिएको निर्णय हो । यसलाई लिएर सधैँ सभापतिज्युलाई ह्युमलेट गर्नेकुरा राम्रो होइन । अबदेखि आफ्नै नेताहरुसँग गएर कुरा गरौँ । शिर्ष नेतृत्व तहमा कुरा गरेर बदल्नुपर्छ भने बदलौँ । तर यसलाई सधैँ गिजोल्ने काम नगरौँ ।’

प्रमुख सचेतक घिमिरेले शिर्ष नेतृत्व तहमा कुरा गरेर बदल्नुपर्छ भने सभापति बदल्न कुनै कठिनाइ नरहेको बताए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x