आज माओवादी र समाजवादी पार्टीबीच एकताको घोषणा हुने

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) नेपाल समाजवादी पार्टी (नेसपा)बीच आज पार्टी एकताको घोषणा हुने भएको छ । तत्कालीन अध्यक्ष महेन्द्र राय यादव नेतृत्वको नेसपाले माओवादी केन्द्रसँग पार्टी एकता गर्न लागेको हो ।
पार्टी एकताको घोषणा आज बिहान ११ बजे ललिपुरको ग्वार्को खरिबोटस्थित कान्तिपुर ब्यांक्वेटमा हुन लागेको छ । गएको चैत ३ गतेको नेसपाको तीनबुँदे निर्णयका आधारमा माओवादी केन्द्रसँग पार्टी एकता हुन लागेको हो । हाल गंगा नारायण श्रेष्ठ पार्टीको संयोजक रहेका छन् ।
२९ केन्द्रीय कार्यकारिणी सदस्यमध्ये १७ जना श्रेष्ठका पक्षमा उभिएका छन् । १६० केन्द्रीय समिति सदस्यमध्ये ९९ जना एकताका पक्षमा उभिएका संयोजक श्रेष्ठले जिकिर गरेका छन् ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE